मुसिकोटका ढाइ बर्से बालक बडिगाढ खोलाले बगाउदा बेपत्ता ||

मुसिकोटका ढाइ बर्से बालक बडिगाढ खोलाले बगाउदा बेपत्ता |शुक्रबार दिउँसो बडिगाड खोलाले बगाउँदा बुर्तिबाङको खप्तरीबाङबाट एक वालक वेपत्ता बनेका छन ।

गुल्मीको मुसिकोट नगरपालिका-४ घर भई हाल बाबा आमासँग मावली घर ढोरपाटन नगरपालिका-१ खप्तरीबाङ आएका साढे दुई वर्षीय बालक नविन कुमाललाई बडिगाड खोलाले बगाएको हो ।

शुक्रबार दिउँसो साढे २ बजेतिर नविनका १२ वर्षिय दाजु अप्सन कुमाल नुहाउन खोलामा गएको र साथैमा भाईलाई पनि लिएर गएको बताईएको छ ।

अप्सनले नुहाउँदै गर्दा नदी छेउमा खेल्दै गरेका भाईलाई नदिले बगाएको अप्सनले बताएको प्रहरीले जनाएको छ ।

नदीले बगाएर वेपत्ता बनेका बालकको इलाका प्रहरी कार्यालय बुर्तिबाङ, तथा स्थानीयवासीले शुक्रबारदेखि नै खोजी कार्य जारी राखे

पनि हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले बताए ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here