पर्यटकलाई लोभ्याउने गरि मुसिकोट दरबार निर्माण गरिदै,गरियो अनुगमन

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी
मुसिकोट दरवार मुसिकोट नगरपालिका वडा न २ दरवारटोलमा निर्माणधिन संरचना अनुगमन तथा आगामी कार्यक्रम बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

मुसिकोट नगरपालिकाको गौरबको योजनाको रुपमा रहेको मुसिकोट दरबारको सरचनाका लागि मेसेनरी वाल, ढुङ्गा, सोलिङ्ग छपाई, नाली रेलिङ्ग कार्य चल्दै रहेको र वास सुबिधा सहितको शौचालय निर्माण सम्पन्न भैसकेको छ।

मुसिकोट दरबारको सरचना निर्माणको लागि ११ करोडको डि पि आर सम्पन्नसङ्गै सोहीअनुरुप बिगत २ बर्ष अघिबाट सघको समपुरक बजेट र मुसिकोट नगरपालिका गुल्मीको बजेट करिब २ करोड ८० लाख टेन्डर प्रक्रिया अन्तर्गतको कार्य सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७८र०७९ को १ करोड २० लाखको टेन्डर प्रक्रियाको लागि आबश्यक कामको लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो। यस वर्ष पुराना कार्यलाई सम्पन्नसङ्गै मार्गहरुमा ट्रस्ट निर्माण, प्रवेशद्वार निर्माण लगायतका कामहरु आबश्यक रहेको बताइएको छ।

मुसिकोट नगरपालिकाको नाम समेत यस मुसिकोट दरबारबाट नामकारण गरिएको हो। एतिहासिक दरबारको रुपमा रहेको मुसिकोट दरबारले सरचना निर्माण सङ्गै बाहिरी वातावरण रमाइलो सङ्गै पर्यटनलाई समेत लोभाउने खालको देखिन लागेको छ।

अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा अध्यक्ष लक्ष्मण खत्री, इन्जिनियर राजेन्द्र गौतम, प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे

मुसिकोट दरबार

, वास शाखा प्रमुख सीता भुसाल, सब इन्जिनियर सन्तोष राउत, पवन हितान, वडा सचीव दाम बहादुर सोमै, कोट ब्यबस्थापन समिति अध्यक्ष, पदाधिकारीहरु निर्माण व्यावसायि स्थानीयहरुको उपस्थिति रहेको थियो।

मुसिकोट नगरपालिकाका भित्रका योजनाहरुको अनुगमनलाई तिब्रता समेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय