गुल्मीमा एक्कै दिन दुइवटा गाडि दुर्घटना.. १ जनाको मृत्यु

अविरल बिष्णु ,- खैरेनी झर्दै गरेको लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ।

जोहाङ्ग सामान झारी खैरेनी फर्कने क्रममा जोहाङ्ग तल्लो हटियामा घुम्टेमा ब्रेक नलागे पछि दुर्घटना भएको सहकर्मी मित्रले जानकारी दिनु भएको छ।उहाका अनुसार गाडी मा सवार ३ जनामा २ जना सकुसल रहेको र चालकको मृत्यु भएको बताउनु भएको छ।मृत्यु हुने चालक भने परिचय खुलेको छैन ।

यो पनी पढ्नुहोला
गुल्मी – गुल्मीमा जीप दुर्घटना हुदा ५ जना घाइते भएको छन ।

बुधवार बेलुकी जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–४ खैरेनीबाट लिम्घा तर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जीप आफै अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल खसेको छ। दुर्घटनामा ५ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरुमा सत्यवति–४ बस्ने वर्ष ३६ का चालक सेरबहादुर श्रीसमगर, सत्यवति–४ बस्ने ६८ वर्षकी नैनकला पौडेल, सत्यवति–७ बस्ने ७४ वर्षका चन्द्र बिक, सत्यवति–५ बस्ने ५० वर्षकी दिलकुमारी पुन र सत्यवति–५ बस्ने ६५ वर्षकी भद्रिकला ज्ञवाली रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय