५/७ बर्ष भइसक्यो राम्रोसँग नसुतेको , कस्को सामु गएर आँसु झारौं

काठमाडौं / देश कोरोना महामारी सँग लडिरहेको बेला सामाजिक सञ्जालमा कलाकारहरुको रमिता भने गज्जबले देख्न पाइएको छ ।

जानेर हो वा नजानेर एकपछि अर्को कलाकार चर्चामा आउने क्रम रोकिएको छैन । सिधा भाषामा भन्नू पर्दा भाइरलको जमाना छ अहिले जिब्रो चिप्लेपनि भाइरल, कसैलाई अलिकति केही भनिदिएपनि भाइरल यहाँ यस्तै छ ।

यसैबिचमा लोक तथा दोहोरी गायिका ज्योती मगरलेपनि सामाजिक सञ्जालमा बिहीबार बिहानै एक स्टाटस् लेखेका छन् । आफू ५/६ बर्षदेखी राम्रोसँग निदाउन नसकेको बताउँदै मनको पीडा कहाँ पोख्नु भनेर स्टाटस् लेखेकी छिन् । के उनले लेखे जस्तै पीडामा छिन् त गायिका मगर त्यो भने समयले उजागर गर्ला तर यदी कसैको दबाबमा जीवन बाचिरहेकै हो भने पर्दाफास गर्नु पर्छ भन्ने हाम्रो हौसला छ ।

गायिका ज्योती मगरको स्टाटस् यस्तो छ ।

५/७ बर्ष भयो होला म राम्रो संग सुतेको छैन…
अस्ति मात्र भारत का एक कुशल अभिनेता सुशान्त सिङ्ग राजपुत को आ त्मह त्या पश्चात बिभिन्न सामाजिक संजाल मा धेरै ले भन्नु भयो “if you have a problem plz talk to me, im with you”… मलाई पनी धेरै कुरा भन्नु मन छ कती धेरै समस्या हरु छन् जो समाधान भैरहेका छैनन्…तर म भन्न सकिराको छैन कतै मेरो समस्या “सिल्पा पोख्रेल” को कान को जा’ली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्रै बन्यो भने ?

कतै समस्या समाधान हुनुको सातो झन् ठुलो समस्या हरु आय भने ? सायद मैले मेरो निद्रा संग अझै धेरै सम्झौता गर्नु पर्छ होला….प्यारा प्यारा दिदि बहिनि हरु तपाई हरु पनी म जस्तै निद्रा संग सम्झौता गर्नु भयको छ भने आउनुहोस मेरो इनबक्समा केही दुख सुख को कुरा गरौ भन्न नसकेका कुरा हरु एक अर्का संग साटेर बेस्सरी आशु झारौ…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय