आज पनि देशका बिभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज (सोमबार) भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो सम्भावना र नदी तथा खोलाको तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले सोमबार बिहान देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय