२०७८ साउन १८ गते, साेमवार, २ अगस्ट २०२१। श्रावण कृष्णपक्ष नवमी तिथि।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई अझै बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । साथीबाट सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको कार्यमा सफलता मिल्नेछ, तर शेयर बजारको लगानी भने कमजोर होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले काम बन्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।  – ज्यो.प. नारायणप्रसाद दुलाल 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here