मुसिकोट नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४८४ पुगयो

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा आज (आईतबार) थप ६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मुसिकोट नगरपालिकामा गरिएको १६ जनाको एन्टिजिन परिक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

आईतबार मुसिकोटमा कोरोना संक्रमीत हुने सबै वडा नम्बर ७ का रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १४३८ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४८४ जनमा कोरोना पोजेतिभ र ९५४ जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ९ जना पुरुष र १ जना महिला गरी १० जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय