फेरि लकडाउन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय,

काठमाडौं – कोभिड–१९ भाइरस संक्रमणको जोखिम बढेकाले फेरि स्मार्ट लकडाउन गर्नुपर्ने निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माथिल्लो निकायमा सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज शुक्रबार साँझ सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव गरेको छ ।

बैठकपछि सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि पहिलोपटक लकडाउनबारे छलफल हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय