सर्बसाधारणको पहुँचमा NRNA लाई पुर्याऊन पहल

गैरआवासीय नेपाली संघ यूकेको जुलाई ३१ तारिखमा हुने निर्वाचनको लागि वेष्टमिडल्याण्डवासी धतानन्द (डिएन) खरालले सचिव पदमा उम्मेदवारी दिएका छन् ।

सन् २००७ मा बेलायतभित्रका खराल सफल युवा व्यवसायी हुन् । गुल्मी जिल्लामा जन्मिएका खरालसँग बेलायतमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरेको अनुभव छ । सामाजिक सेवामा सक्रिय खरालसँग हाम्रा संवाददाताले गरेको कुराकानीमा आधारित अन्तर्वार्ता :

अहिले बेलायतमा के गर्दै हुनुहुन्छ ?

बेलायत आएदेखि लामो समय रेष्टुरेन्ट व्यवसायमा संलग्न थिएँ । अहिले ड्राइभिङ्ग स्कुल सञ्चालन गरेको छु । व्यवसायप्रति खुशी छु । फुर्सदको बेला समाजिक क्षेत्रमा समय दिने गरेको छु ।

गैरआवासीय नेपाली संघमा कसरी जोडिनु भयो ?

मैले ग्लास्गोमा व्यवसाय सञ्चालन गर्थे । सन् २०१५ को संघको निर्वाचनमा साथीहरुले संघको सदस्यता दिनु पर्छ भन्नुभयो त्यही देखि औपचारिक रुपमा प्रवेश गरे । नेपाली समाजमा सक्रिय भएको व्यक्ति भएकोले संघका गतिविधिलाई नजिकबाट नियालेको छु । केही संस्थागत मुद्दामा मेरो सुरुदेखि नै बिमति थियो ।

कुन कुन मुद्दामा तपाईको बिमति हो ?

विदेशमा २ वर्ष बसेको नेपाली स्वतः गैरआवासीय नेपाली भन्ने सरकारी परिभाषा छन् तर यहाँ हरेक निर्वाचनमा पैसा लिएर सदस्यता बनाउने प्रचलन छ । उम्मेदवारी शुल्क निकै महँगो छ । यसले गर्दा सर्वसाधारणको पहुँच यो संस्थामा हुन सक्दैनन् भन्ने मेरो मान्यता हो त्यसैले कसरी हुन्छ यो संस्थालाई धनाढ्यहरुको क्लवबाट सर्वसाधारणमा ल्याउनुपर्छ ।

निःशुल्क उम्मेदवारी र सदस्यता वितरण गर्दा संस्थामा आर्थिक असर पुग्दैन र ?

सदस्यता र उम्मेदवारीबाट संकलन भएको रकम चुनावमा खर्च हुन्छ त्यसलाई बचाउन सकिन्छ । अब अनलाईन मार्फत चुनाव हुँदा धेरै खर्च लाग्दैन । संस्थाको आर्थिक स्थायित्वका लागि विकल्प खोज्नुपर्छ । मैले चुनाव जिते भने यिनै मुद्दामा केन्द्रित रहन्छु ।

तपाईले चुनाव जिते पछि के गर्नु हुन्छ ?

मैले संघको सचिव पदमा उम्मेदवारी दिएको छु । संस्थाको विधानले सचिवले के गर्ने भन्ने विषयमा प्रष्ट पारेको छ । विधानको अधिनमा रहेर केही गर्ने उद्देश्यले ७ बुँदे प्रतिबद्धता अघि सारेको छु ।

के के छन् तपाईका प्रतिबद्धता ?

संघका नियमित मुद्दा लगायत, यो अभियानमा नयाँ पुस्ताको सहभागिता, स–साना लगानी, सदस्यता र उम्मेदवार निःशुल्क गर्ने, संस्थाको वैज्ञानिक अभिलेख राख्ने लगायतका प्रतिबद्धता अघि सोकेको छु ।

तपाईले चुनाव जित्ने आधारहरु के–के हुन् ?

मुलतः म मिडल्याण्ड क्षेत्रमा बस्छु । यो क्षेत्रमा ठूलो संख्यामा मतदाताहरु छन् । उहाँहरुको पहिलो रोजाई म नै हुनेछु भन्ने विश्वास छ । अर्को महत्वपूर्ण पक्ष भनेको अध्यक्ष पदको लागि उम्मेदवार रोजीना प्रधान राईले अघि सार्नु भएको प्रतिबद्धतामा मेरो पूर्ण रुपमा सर्मथन रहेको छ । उहाँ संस्थाको लोकप्रिय उपाध्यक्ष समेत हो ।

उहाँको पूर्ण रुपमा मलाई साथ छ । त्यसका अतिरिक्त मेरा प्रतिबद्धताप्रति बेलायतबासी नेपालीहरुले साथ दिनु हुनेछ भन्ने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय