म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित आठ सामान्य घाइते भएका छन् ।
मृत्युहुनेमा धौलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार ताकमदेखि दरबाङ हँुदै बेनीतर्फ आउँदै गरेको ग१ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडकअन्तर्गत बादिकाको भिरबाट खसेको थियो ।
चालक आकाश रसाइलीको निधार र घाँटीमा चो ट ला गे को छ । घाइतेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ । सडकबाट पल्टिएर सल्लाको रुखमा अ ड्कि दासम्म जिपभित्रै रहेका यात्रु बाँचेका हुन् ।
जिपबाट ख से का सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताउनुभयो ।
स्थानीयवासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ ।
दुर्घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।- etajakhabar