निर्माणधीन सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ ।

लमही तुलसीपुर फोरलेन सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर मंगलबार विहान एक जनाको मृ’त्यु भएको हो ।

तुलसीपुरबाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा टरिगाउँ निवासी ३८ बर्षिय चूडामणि भण्डारीको मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

फोरलेन सडक समयमा नबन्दा दु’र्घटनाको जोखिम बढेको हो ।

अर्को समाचार – दाङको तुलसीपुरको कालाखोलामा रोकी राखेको बसमा अज्ञात समूहले गएराति आगजनी गरेको छ।

घोराही–तुलसीपुर सडक खण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमाथि आगजनी भएको हो।

रा १ ख १८९२ नम्बरको बसमा राति २ बजे सो समूहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिए।

प्रहरी राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो।

घटनामा संलग्न व्यक्तिहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय