नेपाल तथा जापानमा सामाजिक नेतृत्व गर्नुभएका टिकाराम खरेल महासचिवका अब्बल उम्मेदवार

विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी, नबखबर

यहि जुलाई २५ मा हुन गइरहेको एन.आर.एन.ए जापानको नया नेतृत्व चयनको लागि महासचिव पदका उम्मेदवार टीकाराम खरेल अब्बल उम्मेदवारको रुपमा देखिनुभएको छ |

नेपालको गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर ९ स्थित डासिकोटमा जन्मनुभएका खरेल नेपालमा पनि विभिन्न सामाजिक संघ सस्थाहरूको सफल नेतृत्व गरिसक्नुभएको छ |

अध्ययनशिल,नम्र बोलि,शिष्ट्राचार र सस्कारले भरिएका खरेललाई बालबच्चादेखी बुढापाकाहरुले निकै माया गर्छन | खरेलले मानव भएर जन्मिएपछि सामाजिक कार्यमा लगानी गरेमात्र मानवीय जीवनको अर्थ रहने नत्र मानव जीवन निरस बन्ने भन्दै वैदेशिक रोजगारीका क्रममा जापान तथा अन्य देशहरुमा विपतमा परेका नेपालीहरुको सक्दोपुग्दो सहयोग गर्ने मनकारी पात्र हुनुहुन्छ |

उहाले आफ्नो नेतृत्व तथा सहभागितामा नेपालका विभिन्न क्षेत्रमा विपतमा परेका नेपालीहरुलाई मलमपट्टि लगाउनुभएको छ | आफ्नो जन्मभूमिलाइ सधै हसिलो र शीर उचो बनाउन अहोरात्र खटिने एक राष्ट्रप्रेमी योद्दा हुनुन्छ |

गाउघरमा सस्कृतिको बचाउ गर्दै विकाशको बाटोमा प्रविधि संगसंगै अगाडि बढ्नुपर्छ भन्ने सामाजिक अभियान्ता समेतको नामले उहा परिचित हुनुन्छ |

खरेल पूर्ण सामाजिक काममा तल्लिन भएकोले र यस अघि पनि एन.आर.एन.ए जापानको सचिव पदमा बसेर सफल नेतृत्व गरिसक्नुभएकोले उहा अब्बल उम्मेदवार ठहरिनुभएको छ |

खरेल “इमान्दारिता,पारदर्शिता,र लगनशीलता,सक्षम,सबल र साझा एन.आर.एन.ए मेरो प्रतिवद्दता” भन्ने मुल मन्त्रका साथ उम्मेदवारी दिएसंगै नेपालमा पनि उहालाई नेतृत्वमा जसरि पनि पुराउनुपर्छ भन्दै घरघरमा चर्चा र छलफल भएका छन् |

साथै यस क्षेत्रका आफन्त तथा शुभचिन्तकहरुले जापानमा रहेका मतदाताहरुलाइ सामाजिक संजालमार्फत आफ्नो बहुमुल्य मत महासचिव पदका उम्मेदवार टिकाराम खरेललाई दिन अनुरोधसमेत गरेका छन् |

खरेलले विविन्न मिडियामार्फत आफ्ना प्रतिस्प्रधीलाइ समेत उच्च समान गर्दै आफ्ना प्रतिवद्दतालाइ प्रष्ट रुपमा विष्लेषण गर्ने र अबको नेतृत्व पदको लागिमात्र नभएर विशुद्द कामको लागि भएकोले उहाप्रति मतदाताहरुको सद्भाव हर्लक्कै बढेको छ |

सामाजिक संघ सस्थाहरुमा टिकाराम खरेल समावेश भए खराब खालका गतिविधि नहुने विश्वास र छाप बनाइसक्नुभएका उहालाई धेरै संघ सस्थाहरुले समावेश भैदिनुहुन अनुरोध समेत गर्ने गर्छन |

त्यसैले पनि अहिलेको महासचिव पदको लागि उहाको उम्मेदवारी अब्बल भएको जानकारहरुको विश्लेषण रहेको छ |

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय