वामी परिवार युकेद्वारा मृगौला पिडित श्रीसको लागि उठाइएको रकम हस्तान्तरण

विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी,नबखबर

गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारका एक युवा जापानमा मृगौलाको समस्याबाट पिडित हुनुभएको छ ।

जसको लागि सहयोग रकम संकलन गर्न विभिन्न संघ सस्थाहरुले देश तथा विदेशमा अभियान समेत चलाएका छन् ।

अहिलेसम्म धेरै संघ सस्थाहरुले सहयोग रकम संकलन गरेर कतिपयले हस्तान्तरण गरिसकेका छन् भने कतिपयले हस्तान्तरण गर्ने तयारीमा छन् ।

वामिटक्सार स्थायी घर भइ हाल जापानमा वैदेशिक रोजगारीको क्रममा रहनुभएका रेम बहादुर श्रीषका दुवै मृगौला फेल भएपछि उहालाई समस्या भएको हो ।

३७ वर्षका रेम बहादुर श्रीषलाइ लाउलाउ खाउखाउ भन्ने उमेरमा यस्तो समस्याले सताएपछि चन्द्र वहादुर श्रीस (रेम)को उपचारको लागि वामी परिवार युकेबाट सहयोगी दुर्गा सापकोटा,दिपक सापकोटा र हुकुम के सीको पहलमा जम्मा नेपाली पाच लाख सत्तरी हजार सहयोग रकम संकलन गरि नेपाल पठाउनुभएको हो ।

यस रकम संकलन अभियानमा १ सय २९ जनाले सहयोग गर्नुभएको छ ।

अहिलेसम्मको तथ्यांक हेर्दा वामी परिवार युकेबाट सहयोगी दुर्गा सापकोटा,दिपक सापकोटा र हुकुम के सीले अभियान संचालन गरि सहयोगबाट संकलित नेपाली रुपैया पाच लाख ७० हजारको चेक गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ७ सेरा निवासी जनज्योति प्राथमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा समाजसेवी कमल प्रसाद खरालमार्फत वामीटक्सार जिपपार्कमा एक कार्यक्रम गरि रकम हस्तान्तरण गरिएको हो ।

केहि समय अगाडी विदेशमा संकलन गरेर नेपाल पठाइएको उक्त रकम मंगलबार जनज्योति प्राथमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा समाजसेवी कमल प्रसाद खराल,गुल्मी मुसिकोट उद्योग वाणीज्य संघका उपाध्यक्ष मोहनलाल श्रेष्ठ, उद्योग वाणीज्य संघका सचिव महेश्वर घिमिरे,जनप्रतिनिधी वडा नम्बर ७ वडा सदस्य रेणुभारि प्रधान, संचारकर्मी लगायतको रोहवरमा पिडित रेम श्रीसका बुवा इन्द्र बहादुर श्रीषलाई मुसिकोट नगरपालिका ७ वामी पल्टार स्थित जीपपार्कमा नेपाली रुपैया पाच लाख ७० हजारको चेक खरालको समन्वयमा महेश्वर घिमिरेले हस्तान्तरण गर्नुभएको हो ।

रकम बुझ्दै पीडितका बुवा इन्द्र बहादुर श्रीषले सहयोगको अभियान चलाउने वामी परिवार युकेबाट सहयोगी दुर्गा सापकोटा,दिपक सापकोटा र हुकुम के सी लगायत सम्पूर्ण देश तथा विदेशका सहयोगीहरुलाई उहाले आभार व्यक्त गर्नुभएको छ ।

सोहि प्रसंगमा छोराको उपचारको लागि अहिलेसम्म सबै ठाउबाट झन्डै नेपाली २० लाखभन्दा बढि रुपैया प्राप्त भैसकेको उहाले जानकारी दिनुभयो ।

केहि समय अगाडिदेखि छोराले जापानमै डायलासिस गराउदै आएको पनि उहाले जानकारी दिनुभयो ।

नेपालको काठमाडौंमा ब्लयु क्रस हस्पिटलमा समेत लामो समयसम्म उपचार गराएका श्रीसको खर्च बढी लाग्ने देखिएपछि जापान नै गएर उपचार गराइरहेको सहयोगी तथा रेम श्रीष बचाउ अभियानका अभियान्ता समेत रहनुभएका दुर्गा सापकोटाले नबखबरलाई बताउनुभयो ।

अन्तत मृगौला प्रत्यारोपण गर्नुसिवाय अर्को विकल्प नभएका श्रीषले विभिन्न संघ सस्थाहरुसमक्ष सहयोगको लागि अपिल गरेकोले यसरि रकम संकलन गरिएको हो ।

संकलित रकमले पिडितलाई ठुलो राहत पुग्ने अपेक्षा सहयोगीहरुको रहेको छ । श्रीषले अहिलेसम्म उपचारमा निकै खर्च भैसकेको बताएका छन् भने घरको आर्थिक अवस्था पनि निकै नाजुक भएको बताइएको छ ।

निज श्रीषको जीवन वचाउन सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दयालु र सहयोगी महानुभावहरुप्रति अभियान्ता वामी परिवार युकेबाट सहयोगी दुर्गा सापकोटा,दिपक सापकोटा र हुकुम के सीले धैरै धेरै धन्यवाद व्यक्त समेत गर्नुभएको छ ।

श्रीसको जीवन बचाउ अभियानको लागि रकम संकलन गरिएकोले अन्य शिर्षकमा रकम खर्च नगरी श्रीसको जीवन बचाउमा प्रयोग हुनेमा सहयोगी तथा समन्वयकर्ता कमलप्रसाद खरालको भनाइ छ ।

रेम श्रीषको उपचारको लागि यु के मा उठेको रकमको विवरण यसप्रकार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय