प्रधानमन्त्रीज्यू पहिले नक्सा छाप्न नमान्ने अहिले नक्सा छापेपछि भारतले हटाउन खोज्यो भन्ने ?

काठमाडौं, १९ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा छाप्न नमानेको खुलासा भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले नक्सा छाप्न नमानेको खुलासा गरेका हुन्।

विभिन्न समयमा बसेका बैठकमा ओलीले नक्सा छाप्न नहुने तर्क गरेका पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै श्रेष्ठले खुलासा गरेका हुन्। नक्साका विषयमा बैठकलाई जानकारी दिँदै श्रेष्ठले भने, ’पहिले अध्यक्ष ओलीले नक्सा प्रकाशन गर्नका लागि पार्टीको स्थायी कमिटी र सचिवालय बैठकमा मान्नु भएन। नीति तथा कार्यक्रममा पनि उहाँले राख्न मान्नु भएन। त्यहीँ दिन हामीले चर्को दबाब दिएपछि मात्र नक्सालाई नीति तथा कार्यक्रममा राख्न तपाईँले त्यहीँबाट मुख्यसचिवलाई फोन गर्नु भएको हैन ? यस्तो झुटो कुरा गर्ने ?’

प्रधानमन्त्रीको मदन जयन्तीका दिन दिएको अभिव्यक्तिमा पनि उनले आपत्ति प्रकट गरे। उनले भने, ’नक्सा छापेपछि भारतले हटाउन खोज्यो भन्ने ? तपाईँको राजीनामा वैशाख १७ कै बैठकमा उठेको थियो। त्यो बेला के तपाईँ नक्सा छाप्न तयार हुनुहुन्थ्यो ? नक्सा छाप्न पनि तपाईँ नमान्ने अनि आफ्नो अनुकुल भएन भनेर अन्य नेतालाई जे पनि भन्ने ? यो जिम्मेवारी भएन ।’

उनले भने, ’भारतले तपाईँलाई हटाउन खोजेको हो भने भारतीय राजदूतलाई प्रष्टिकरण किन सोध्नु भएन ? तथ्य हो भने देशबाट निष्कासन पनि गर्नुपर्छ। तपाईँले त्यो काम किन गर्नु भएन ? आफ्नो स्वार्थलाई केन्द्रमा राखेर कुटनीतिक र परराष्ट्र मामिलामा प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्ति जनक छ। सैद्धान्तिक र व्यवहारिक रुपमै ओलीमा समस्या देखिएको बताउँदै श्रेष्ठले वैचारिक स्पिरिटबाट चिप्लिएर भ्रष्टिकरणतर्फ गएको टिप्पणी गरे। लाेकपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय