काठमाडौं । मनसुनी वायुको प्रभावले अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ।
प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै‚ गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भने अति भीषण वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
महाशाखाले आगामी सातासम्म नै मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र सबै प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।