पछिल्लो २४ घण्टामा गुल्मीमा थप ५६ जना कोरोना संक्रमित थपिए

गुल्मी : पछिल्लो २४ घण्टामा गुल्मीमा थप ५६ जना कोरोना संक्रमित थपिएका छन्। १५३ जनाको कोरोना परिक्षण गर्दा सङक्रमण पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमणका कारण यस जिल्लामा मृत्यु हुनेको संख्या ९१ पुगेको छ। जिल्ला भित्र ३९ र जिल्ला बाहिर ५२ जनाको मृत्यु भएको छ भने अहिले जिल्लामा ५२८ जना सक्रिय सङक्रमित रहेका छन । हालसम्म ११ हजार ४२५ जनाको कोरोना परिक्षण गरिएको मध्य ३ हजार ८ सय ८० जनामा सङक्रमण देखिएको छ

कोरोना भाइरस सङक्रमण को चेन ब्रेकलाइ निरन्तरता गर्दै यहि असार ३१ गतेसम्म लकडाउन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय