भेरोसिल खोप अभियानको दोस्रो चरणमा मुसिकोटका ७४ जनाले लगाए खोप

भुवन काफ्ले गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा कोभिड विरुद्धको भेरोसिल खोप अभियानको दोस्रो चरणको पहिलो र दोस्रो दिन गारि ७४ जनाले खोप लगाएका छन ।

मंगलबारदेखि देशभर संचालन भएको कोभिड विरुद्धको भेरोसिल खोप अभियानको दोस्रो चरणको पहिलो र दोस्रो दिन गुल्मी मुसिकोटका ६२-६४ उमेर समुहका ३९ जना महिला र ३५ पुरुष जनाले भेरोसिल खोपको दोस्रो डोज लगाएको वामीटक्सार स्वस्थ्य चौकि प्रमुख डाक्टर राजन ओलियाले नबखबरलाई जानकारी दिनुभयो । ।

मुसिकोट नगरपालिकामा जेठ २५ गते संचालन भएको कोभिड विरुद्धको भेरोसिल खोप अभियानको पहिलो चरणमा ६२ देखि ६४ बर्षसम्मका जम्मा ८२ जनाले खोप लगाएका भएपनि आज दोस्रो चरणको पहिलो र दोस्रो दिन गरि जम्म ७४जना मात्र खोप अभियानमा सहभागि भएको डाक्टर ओलियाले जानकारी दिनुभयो ।

भेरोसिल खोप अभियानको पहिलो चरणमा खोप लगाउनु भएका तर दस्रो चरणको पहिलो र दोस्रो दिन खोप लगाउन छुट्नु भएका ८ जनाले भोलि आफुले पहिलो पटक खोप लगाएको खोप केन्द्रमा गई खोप लगाउनु हुन वामीटक्सार स्वस्थ्य चौकिजा प्रमुख डाक्टर राजन ओलियाले अनुरोध गर्नु भएको छ ।

यो पनि पढ्नुहोस् गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार मुसिकोट नगरपालिकामा गरिएको १३ जनाको एन्टिजिन परिक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

संक्रमीत हुने मध्य मुसिकोट नगरपालिका वडा नम्बर ७ का २ जना महिला र ३ जना पुरुषरहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १२६२ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४०५ जनमा कोरोना पोजेतिभ र ८५७ जनामा कोरोना नेगेटिभ आएको छ ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ८ जना पुरुषले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय