नेपाल टेलिकमको शेयर धनी सबै नेपाली हुन पाउने

काठमाण्डौ – अर्थमन्त्री बिष्णु पौडेलले अध्यायदेश मार्फत आज आर्थिक वर्ष ७८/७९ को लागि बजेट सार्वजनिक गर्नुभएको छ ।

चुनाव लक्षीत लोकप्रिय बजेटले शेयर बजारलाई खासै नछोए पनि नेपाल टेलिकमको २२ प्रतिशत शेयर सरकारले ग्राहकलाई दिने भएको छ । टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकलाई शेयर दिने भएको हो ।

शेयर मूल्य र शेयर निष्कासनको विषय असोज मसान्तसम्म टुंगो लाग्ने छ । यो पनि पढ्नुहोस् काठमाडौं–शेयर बजारमा जलविद्युत् कम्पनीको उछाल आइरहेका बेला हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । शेयर निष्कासनका लागि कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको छ । अनुमति पाए पछि आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ । हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ ।

यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय