काठमाडौं–शेयर बजारमा उछाल आइरहेका बेला अर्को एक बीमा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई करिब ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले तेस्रो वार्षिक साधारण सभामा साधारण सेयर निष्कासनको प्रस्ताव लैजाने भएको छ । कम्पनीले जेठ ३१ गते वार्षिक साधारणसभा डाकेको छ । सभाले सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि धितोपत्र बोर्डमा स्वीकृति प्राप्त हुने छ ।
कम्पनीले ६० करोड रुपैयाँको सेयर जारी गरे पछि चुक्ता पुँजी २ अर्ब पुग्ने छ ।सभाले सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने छ । यो पनि पढ्नुहोस् काठमाडौं । प्रभु सेलेक्ट फण्डको करिब २ गुणा बढी आवेदन परेको छ ।
१० करोड इकाई निष्काशन गरेकामा १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ ।
८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २८० इकाई खरिदका लागि आवेदन परेको छ ।
प्रभु क्यापिटलले जेठ ५ देखि प्रतिइकाई १० रुपैयाँका दरले १ अर्बको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।