संगै जिउने सँगै मर्ने बाचा पूरा,  एक साता भित्रमा एक जोडीको मृत्यु

काठमाण्डौ – प्राय प्रेमीहरू बीच निकै चर्चित शब्द हो संगै जिउने सँगै बाँच्ने । तर यो बाचा भने केहीले मात्र पूरा गरेका हुन्छ भने बाकीले गर्दैन ।

यस्तै बाचा पूरा गरेका छन् एक जोडीले । संगै बिरामी भएर उपचार गराउन गएका एक जोडीले हो संसार पनि सँगै छोडेका छन् । यो खबर हो धनुषा क्षिरेश्वरनाथ नगरपालिका–९ स्थायी घर भई वडा नम्बर ५, महेन्द्रनगरमा बस्ने ५५ वर्षीय श्यामकिशोर सिंह र उनकी पत्नी ४८ वर्षीया मालती देवी सिंहको ।

उनीहरू केही अघि मात्र बिरामी भएर अस्पताल उपचारको लागि गएका थिए । उनिहरूको आईतबार र बिहीबार केही दिनको फरकमा ज्यान गएको हो । उनीहरूको यही साता छोरीको बिहेको मिति समेत तय भएको थियो तर उनीहरूको त्यो सपना भने पूरा भएन ।

यी दम्पतीको ज्यान कोरोना ले भने गएको हैन् । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनीहरूमा कोरोना देखिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय