कोरोना महामारिको समयमा टेलिकमले दिने भयो  निःशुल्क भ्वाइस कल सेवा

नेपाल टेलिकमले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणमा खटिएका देशका सबै फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई निशुल्क फोन कल सुबिधा दिने भएको छ ।

कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरि फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी अफर अन्तर्गत एक महिना सित्तैमा भ्वाइस प्याक उपलव्ध गराउने भएको हो । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आइतबार नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नर्सिङ परिषद, फार्मेसी परिषद, आयुर्वेद चिकित्सा परिषद् लगायतका सबै स्वास्थ्यका नियमक निकायका प्रमुखले सो सुविधा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो पनि पढ्नुहोस
काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय