काठमाण्डौं—आज भोलि शेयर बजारमा लगानि गर्ने लगानिकर्ताहरुको आक्तषण बढिरहेको बेला पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक पछि अर्को कम्पनी प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको छ ।
अबको केहि समयमा दुई कम्पनीले ३३ करोड ४४ लाखको आईपीओ निष्कासनको तयारीमा छन् । दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेका हुन् । दोर्दी खोलाले २९ करोड ५१ लाख रुपैयाँ बढी र मानुषी लघुवित्तले ३ करोड ९३ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने अनुमति मागेका छन् ।
यी दुई कम्पनीले धितो पत्र बोर्डमा आवेदन दिएर अनुमतिको प्रक्रियामा रहेका छन् । अनुमित पाउनासाथ आईपीओ निष्कासन गर्ने योजना रहेको कम्पनी जनाएका छन् ।
बोर्डबाट अनुमति पाएमा दोर्दी खोला जलविद्युतले रु. १०० अंकित दरका कुल २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै मानुषी लघुवित्तले कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नेछ ।
यो लघुवित्तको आईपीओ निष्कासनकर्तामा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। – आर्थिक संदेश
यो पनि पढ्नुहोस् काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि सर्वधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनील प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।
निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम भने एनएमबि क्यापिटलले गर्नेछ ।
यो पनि पढ्नुहोस आउँदो बैशाख ६ गतेदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
उक्त हकप्रदमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडल रहेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।