काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको आईपीओमा कुल १७ लाख ३६ हजार ७०१ जनाले आवेदन परेको छ ।
आबेदनको अन्तिम दिन मंगलबारसम्म २ अर्ब ६३ करोड ४५ लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता आवेदन परेको छ ।
ऊक्त कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता आइपीओ जारि गरेको थियो । कुल आईपीओमा ५० हजार ३६५ कित्ता कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियाे ।
त।यसै गरि २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेकाे थियाे ।
कम्पनीले निष्कासन गर्ने आइपीओलाई केयररेटिङ नेपालले केयर एनपी डबल वि आइएस रेटिङ प्रदान गरेको छ ।