जन्मदिनको अवसरमा फजुल खर्च कटाएर शिक्षकद्वरा बिद्यार्थीलाई पोशाक बितरण

गुल्मीको सत्यवती गाउँपालिका स्थित सत्यवती माविका शिक्षक प्रकाश भट्टराइले सोमबार परेको आफ्नो ३२ औ जन्मदिनको पावन अवसर पारी बिद्यार्थीहरुको लागि एक एक सेट बिद्यालय पोशाक बितरण गर्नु भएको छ ।

सरस्वती माविका भुपु विद्यार्थी तथा शिक्षक भट्टराइले आफ्नो जन्म दिनको अबसरमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु मध्ये कक्षा नर्सरी देखि कक्षा यु के जी सम्मको एक जना, कक्षा १ देखि कक्षा ५ सम्म को १ जना, कक्षा ६ देखि कक्षा ८ सम्मको एक जना, कक्षा ९ र १० को एक जना र कक्षा ११ र १२ को एक जना गरि ५ जना गरीब तथा जेहेन्दार बिद्यार्थीहरुको लागि एक एक सेट बिद्यालय पोशाक बितरण गर्नु भएको शिक्षक भट्टराईले जानकारि दिनुभयो ।

उहाँले गर्नु भएको उक्त कार्यप्रति उहाँलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै जन्मदिनको पावन अवसरमा सम्पुर्ण बिद्यालय परीवारको तर्फ देखि उहाको सुख शान्ती तथा उत्तरोत्तर प्रगतीको लागि हार्दिक शुभकामना समेत ब्यक्त गरिएको छ । आगामी दिनहरु अझ सुखमय र प्रगतिउन्मुख रुपमा अगाडि बढुन भन्ने कामना समेत बिद्यालयले गरेको छ ।

साथै उहाँले केहि समय अगाडि सत्यवती गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरुबाट एसइइमा अङग्रेजी विषयमा उत्कृट अङक ल्याउने विद्यार्थीलाइ पुरस्कारको घोषणा गर्नुभएको छ ।

आफ्नो योजना अनुसार सत्यवती गाउँपालिका भित्र रहेका सामुदायिक माध्यमिक विद्यालयहरुबाट प्रत्येक वर्ष अङग्रेजी विषयमा उत्कृट अङक ल्याउने विद्यार्थीलाइ पुरस्कारको व्यवस्था गर्नको लागि पाँच हजार रुपैयाँको अक्षयकोषको घोषणा गर्नुभएको नबखबरलाइ जानकारी दिनुभयो ।

उहाँले प्रदान गर्नुभएको पाँच हजारको वार्षिक व्याजबाट आउने रकमबाट विद्यार्थीलाइ पुरस्कारको व्यवस्था गर्न लागेको र यसले विद्यार्थी वर्गमा प्रतिस्पर्धाको भावना बढ्ने साथै अङग्रेजी विषय अप्ठ्यारो लाग्ने विद्यार्थीलाइ प्रेरित गर्नको लागि यसो गरिएकोे भट्टराइको भनाइ छ ।

भट्टराइ आफू पनि सत्यवती माविका अङग्रेजी विषय शिक्षक सँगै सत्यवती गाउँपालिकाका अङग्रेजी विषय शिक्षकका सँयोजक तथा नेपाल शिक्षक संगठन सत्यवतीका अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय