काठमाडौं । यो साता सेयर बजार ५१.५० अंकले घटेको छ । साताको पहिलो दिन आइतबार २६९९.५१ बिन्दुमा रहेको नेप्से परिसूचक बिहीबारसम्म आईपुग्दा ५१.५० अंकले घटेर २६४८ बिन्दुमा रोकिएको छ ।
आइतबारको तुलनामा सोमबार बजार निकै घटेको थियो । एकै दिनमा बजार ३७.५८ अंकले घटेको बजार मंगलबार आईपुग्दा २.६८ अंकले बढेर २६६४.६१ बिन्दुमा पुगेको बजार बुधबार पुन ३२.४१ अंकले घटेको थियो ।
यस्तै सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार बजार पुन १५.८० अंकले बढेर २६४८ बिन्दुमा पुगेको छ । बिहीबारसम्म आइपुग्दा बजारपुँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
यो पनि पढ्नुहोस् काठमाडौं । आज भोलि सेयर बजारमा लगानी गर्नेहरुको लर्को लागेको चा भने विभिन्न कम्पनिहरुलेआइपिओ निअस्कासन गर्ने क्रम ओअनी जारि नै रहेको छ ।
सीईडीबी हाइड्रोपावरले यही वैशाख १७ गतेदेखि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निस्कासन गर्ने भएको छ ।सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता आईपीओ निस्कासन गर्न लागेको हो ।
कम्पनीलाई आईपीओ बिक्रीको लागि नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गते अनुमति दिएको थियो ।
सर्वसाधारणका लागि विक्री गरिने कुल कित्तामध्ये ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहने बताइएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।- अर्थतन्त्र डटकमको सहयोगमा तयार