काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडलाई प्राथमिक शेयर आईपीओ वितरण गर्ने अनुमति दिएको छ ।
कम्पनीलाई १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डले अनुमति दिएको हो ।बोर्डको स्वीकृति पछि कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिकित्ता एक सयका दरले उक्त आईपीओ विक्री गरिनेछ ।