फागुन २६,२०७७ गुल्मी : गुल्मी जिल्लामा हालै सरुवा भइ आएका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्राइले जनता प्रहरी बिचको सम्बन्धलाई सुमधुर बनाउने बताएका छन् ।
जिल्ला स्थित पत्रकार भेटघाट कार्यक्रममा भट्राइले यस्तो बताएका हुन् । पछिल्लो समयमा जनता र प्रहरी बिचको दुरी बड्दै गएको भन्दै अपराध न्यूनिकरण संगै घटनाको अनुसन्धानका लागि प्रहरी र जनता बिचको दुरी नजिक हुनुपर्ने उनको भनाई छ ।
समुदाय र प्रहरी बिच सम्बन्ध राम्रो भएमा मात्रै अनुसन्धानमा सहयोग पुग्ने र अपराधीहरु उम्किन नपाउँने उनले दाबी गरे ।
गुल्मी जिल्लामा प्रहरी र जनताबिच समन्वय नहुँदा जिल्लामा घटेका घटनाहरुलाई बाहिर आउनमा समस्या भएको भन्दै अब त्यस्तो नहुने गरी आँफूले योजना बनाएको भट्राइले बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा सवारी साधन पनि कमी भएकाले सवारी खरिदमा समेत आँफूले पहल गर्ने उनको भनाई छ ।
यस्तै प्रहरी कुनै पनि घटनामा ब्यक्तिको प्रलोभनमा नफसी कानून अनुसार नै काम गर्ने गरी आँफू लागेको बताए ।
यस्तै इलाका प्रहरी कार्यालय रिडी र पुर्कोटदहमा प्रहरी निरीक्षकको दरबन्दी भए पनि दरबन्दी अनुसारको प्रहरी नभएकाले समस्या भएको भट्राइले बताए । तत्काल प्रहरी निरीक्षकको ब्यबस्था गर्ने गरी आँफू लागेको उनको दाबी छ ।
आँफू जिल्लामा रहँदा सम्म सबैसंग समन्वय गरी शान्ती सुरक्षा कायम राख्ने र अपराधिक घटनाहरुलाई न्यूनिकरण गर्ने बताए ।
प्रहरी मात्रैले जिल्लामा शानती सुरक्षा र अपराध न्यूनिकरण गर्न नसक्ने भन्दै जिल्लाबासी सबैको साथ र सहयोग आवश्यक हुने भट्राइको भनाइ छ ।खबर मार्केट