काठमाडौँ । सर्वाेच्च अदालतले नेकपा एकता खारेज गरी तीन बर्ष अघिकै अवस्थामा पुर्याइदिएपछि नेकपा माओबादी केन्द्रको बैठक मंगलवार बस्ने भएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे फिर्ता लिनेबारे निर्णय गर्न उक्त बैठक डाँकिएको हो ।
दिउँसो १ बजे बस्ने बैठकमा माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुनेछन्।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा आगामी सत्ता समिकरणबारे छलफल एक नेताले बताए ।
माओवादी केन्द्रसामू नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने वा ओलीलाई समर्थन गर्ने भन्ने विकल्प उपलब्ध छन्। -ज्योतिन्यूज