महेन्द्र घिमिरे मुसिकोट गुल्मी / नबखाबर बीउ स्रोत केन्द्र स्थापन कार्यक्रमको स्थलगत अबलोकन सम्भावयता अध्ययन सम्पन्न भएको छ।
मुसिकोट नगरपालिका गुल्मी र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कान्र्यवन इकाई गुल्मीको साझेदारि कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका ७ र ४ मा स्थलगत अबलोकन सम्भावना अध्ययन तथा सर्बक्षण सम्पन्न गरिएको छ।
मुसिकोट नगरपालिका अन्तर्गत लक्ष्मीनारायण महिला कृषि सहकारी मुसिकोट नगरपालिका ७ र सानाकिसान कृषि सहकारी मुसिकोट नगरपालिका ३
ले प्रस्तावना पेस गरे अनुरुप उचित भौगोलिक अबस्था जमिन र प्रस्तावनाको आधारमा हेरिएका
मुसिकोट नगरपालिका ७ पल्टार र मुसिकोट नगरपालिका ३ झेदी मध्य एक स्थानमा यो कार्यक्रम सचालन गरिने छ।
गुल्मी जिल्लाको एक मात्रै नमुना कार्यक्रम मुसिकोट मा संचालन गरिने छ।
कुल ६० लाख लागतमा संचालन गरिने यश कार्यक्रममा भवन निर्माण मेसिन उपकरण बीउ भण्डारन प्रशोधन जस्ता कार्य गरिने छ। मुसिकोट नगरपालिकाका कृषि कार्य गर्नेहरुका लागि ठूलो टेवा पुर्याउने छ। कृषि क्षेत्रका लागि बीउ उत्पादन भण्डारन प्रसोधन ग्रेडिन लगायतमा सहयोग पुर्याउने छ।
नगर प्रमुख सोमनाथ सापकोटा आयोजना कृषि अधिकृत सुमन खराल इन्जिनियर सितिज न्यौपाने मुसिकोट नगरपालिका कृषि अधिकृत जनक पौडेल सहकारी अध्यक्ष हरि प्रसाद छन्तेल यमुना घिमिरे कृषि प्राबिधिक लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।