श्री महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी सस्था लि को १४ औ साधारणसभा सम्पन्न ।

महेन्द्र घिमिरे मुसिकोट गुल्मि

श्री महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी सस्था लि मुसिकोट नगरपालिका वडा न २ को साधारणसभा मुसिकोट देउराली सम्पन्न भएको छ।यो सहकारि २०६३ सालमा स्थापन भै मुसिकोट गा बि स लाई कार्यक्षेत्र बनाइ स्थापन भएको हो ।

यश सहकारीले एकका लागी सबै सबैका लागि एक भन्ने नारा सहित महिला एकता र आर्थिक उपार्जन लगायतका पक्षमा काम गरिएको यश

सस्थाले आज एक समारोह बिच आफ्नो १४ औ साधारणसभा सम्पन्न गरेको हो।

मुसिकोट नगरपालिका भित्र महिला दिदीबहिनीहरुलाइ सङ्गठित गर्दै बचत तथा रिण सेवा कृषि तथा पशुपालन क्षेत्रमा कार्य महिला शसक्तिकरण लगायत कार्य गरिएको छ।

आर्थिक बर्ष २०७६/०७७ को कुल ५१ लाख बराबरको आय ब्यय आर्थिक प्रतिबेदन सदस्य साबित्रा घिमिरे र सस्थाको प्रतिबेदन अध्यक्ष तारा महतले प्रस्तुत गर्नुभएको थियो।

साधारणसभामा स्वागत मन्तब्य सस्था कि सह सचीव कमला आचार्यको रहेको सुभकामना मन्तब्य पुर्ब सामाजिक परिचालीका अनिशा केसि पुर्ब अध्यक्ष पार्बती खराल पुर्ब उपाध्यक्ष रोबेट सिह ठकुरी लगायतले मन्तब्य राख्नु भएको थियो।

साधारणसभामा सस्था प्रती योगदान पुर्याउने फुल कुमारी रायमाझी मायादेवी खत्री मीन कुमारी थापा र कृष्ण देबि चालिसे लाई सस्थाको तर्फबाट सम्मान गरिएको थियो भने साधारणसभाको सभाअध्यक्षाता तारा महत र सचीव शुसिला पोखरेल को संचालनमा सम्पन्न भएको थियो।

साधारणसभाको सहजीकरण सस्थाकी ब्यवस्थापक कल्पना पन्थी घिमिरेले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय