वामी विश्व सम्पर्क मंचको आयोजनामा मुसिकोट वामिका शिक्षकहरुलाइ भर्चुअल तालिम सम्पन्न

विष्णु प्रसाद आचार्य चकित मुसिकोट गुल्मी /नबखबर

वामी बिश्व सम्पर्क मंच, अंतररास्ट्रिय समन्वय समितिको आयोजनामा मुसिकोटको वामिमा शिक्षक तालिम सम्पन्न भएको छ ।

माघ ११ गते आइतबार साँझ गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ७ र ८ मा अवस्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विध्यालय र श्री शारदा विध्या मन्दिर माध्यमिक

विध्यालयका शिक्षकहरुका लागि जुम मार्फत भर्चुअल तालीम सम्पन्न भएको समितिले जनाएको छ ।

समन्वय समितिका अध्यक्ष डा।. ईश्वरी प्रसाद पाण्डेयको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।

उक्त तालीममा डा। तारा प्रसाद गिरी डा. तारा जी प्रशिक्षकको रुपमा हुनुहुन्थ्यो भने आयोजकको तर्फबाट प्रत्यक्ष रुपमा प्रा डा। तारा प्रसाद सापकोटा, प्रा डा जीवलाल सापकोटा, प्रा डा ज्ञान बहादुर थापा, श्री राम केसी श्री रोमकान्त सापकोटा, श्री महेश्वर घिमिरे लगायतका पदाधिकारीहरु एबम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै अन्य उपस्थितिमा विध्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु र सम्बंधित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

दुबै विध्यालयका अधिकांश शिक्षकहरुको सहभागीता रहेको उक्त तालीमको सन्चालन र प्रशिक्षकको प्रायोजन समितिका सदस्य एबम् न्युटन हाइस्कूलका संस्थापक प्रिन्सिपल श्री राम के सी ले गर्नु भएको थियो ।

तालीमको क्रममा प्रशिक्षकबाट निकै रोचक र सम्मोहित शैलीमा सहभागी शिक्षकहरुलाइ शिक्षण कला र सिप अभिबृदि सम्बंधि बिबिध पद्दति र कृयाकलाप प्रस्तुत गर्नु भएको थियो ।

शिक्षकहरुको लागि लक्षित गरि आयोजना गरिएको उक्त तालीम निकै नै प्रभाबकारी भएको र यस खालका तालीमहरु भबिष्यमा पनि प्राप्त हुने अपेक्षा सम्बन्धित विध्यालयका प्रधानाध्यापकहरु श्री देबीराम शर्मा र श्री ज्ञानहरि सापकोटाले प्रकट गर्नु भएको थियो।

करिब साढे दुई घण्टा संचालन भएको उक्त तालीममा कुल ९६ जनाको सहभागिता रहेको कुरा समितिका महासचिब श्री रोमकान्त सापकोटाले नबखबरलाइ जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय