भारतद्वारा नेपाललाई १० लाख डोज खोप प्राप्त

काठमाडौँ । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप दिएको छ ।

बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खोप बिहीबार नेपाल आउन लागेको जानकारी दिनुभयो।

भारतले नेपाललाई प्रदान गरेको खोप भोलि नेपाल आइ पुग्ने जानकारी प्राप्त भएको छ ।

भारतको सेरम इन्स्टिच्युटले उत्पादन तथा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्ट्राजेनेकाले विकास कोभिशिल्ड भ्याक्सिन भोलि काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजो मात्रै भारतीय केन्द्रीय स्वास्थ्य समितिले भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत सफाइ कर्मचारीहरूलाई खोप लगाउने तयारी भइरहेको बताउनुभयो ।

गौतमका अनुसार करिब ३ लाख स्वास्थ्यकर्मी र २ लाखको संख्यामा रहेका सफाइ कर्मचारीहरूलाई प्रारम्भिक चरणमा भ्याक्सिन लगाउन मन्त्रालयले तयारी गरिरहेको छ ।

सँगसँगै खोपले पुगेको खण्डमा वृद्ध, बालबालिका, दीर्घरोगीलगायत जोखिममा रहेका समुदायसमेत गरी पहिलै चरणमा ३ प्रतिशत जनसंख्या लाभान्वित हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय