विष्णु प्रसाद आचार्य (चकित)/मुसिकोट गुल्मी/नबखबर
सामुदायिक रेडियो पुश्पान्जली एफ एम ९७.४ मेगाहर्जको चौथो साधारणसभा तथा आठौ वार्षिक भेला वामिमा सम्पन्न भएको छ ।आइतबार मुसिकोटको वामिमा सहकारीसस्थाको भवनमा भएको रेडियोको शेयर सदस्यहरुको भेलाले दिनेश खातीको अध्यक्षतामा ११ सदस्यीय संचालक समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा विवेक काफ्ले, सचिव सुन्दर प्रधान, सह सचिव कौरव खत्री, कोषाध्यक्ष अर्जुन सापकोटा, सहकोषाध्यक्ष विष्णु प्रसाद आचार्य र सदस्यहरुमा ज्ञानहरी सापकोटा, लोकनाथ काफ्ले, मोहन घिमिरे, गोपालमणि सापकोटा र गोपाल प्रसाद बौद्दाचार्य रहनुभएको छ ।
३ सदस्यीय निर्वाचन मन्डलमा भिमलाल सापकोटा; मृगेन्द्र प्रसाद रिजाल र सरोजराज बौद्दाचार्य रहनुभएको थियो सोहि टोलीले निर्विरोध संचालक समिति चयनमा सहजिकरण गरेको थियो ।
अध्यक्षको प्रतिवेदन रेडियोका अध्यक्ष सुदर्शन शाक्यले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा २५ लाख ४२ हजार २ सय ४४ बराबरको आम्दानि खर्चको आर्थिक प्रतिवेदन रेडियोका कोषाध्यक्ष दिनेस खातीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले प्रमुख अतिथिको रुपमा बोल्दै रेडियो राज्यको चौथो अंग भएकोले यो क्षेत्र आफैमा महत्वपूर्ण भएको भन्दै समग्र संचार जगत सरकारको प्रतिपक्षको भूमिका जस्तो रुपमा रहेर सरकारले गरेका राम्रा तथा नराम्रा कामको यथार्थ सुचना सार्वजनिक गर्ने सस्था भएकोले यस क्षेत्रले निश्पक्ष्य रुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
विशेष अतिथी समेत रहनुभएका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले बोल्दै राज्यको हिसाबले चौथो अङ्ग मानिएको सन्चार क्षेत्र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो , सस्था स्थापना गर्ने बेलामा निकै जोश जागरका साथ गर्ने तर जसरी स्थापना गरिन्छ त्यसरी नै दीर्घकाल सम्म सन्चालन गर्ने कुरामा कमजोरी हुने गरेकोमा सुरुवातको जोशजागरलाई निरंतरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
शुभकामना मन्तव्यका क्रममा शेयर सदस्य झविलाल भण्डारीले बोल्दै सामुदायिक रेडियोले गाउवस्ती जगाउनमा खेलेको भुमिका महत्त्वपूर्ण रहेको र आगामी दिनमा यसको प्रभावकारिता बढ्दै जाओस भन्ने शुभकामना दिनुभएको थियो ।
त्यस्तै शेयर सदस्य मोहन घिमिरेले बोल्दै प्रविधिको तिब्र विकाससङ्गै रेडियो पनि प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभएको थियो साथमा स्थानिय रेडियोले स्थानिय स्तरमा सबैले अपनत्व गर्ने गरि काम काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बोल्ने क्रममा शेयर सदस्य हरिनारायण सापकोटाले मानवीय जीवन पद्धतिमा सहयोग गर्ने गरि रेडियोले काम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
त्यस्तै शेयर सदस्य विष्णु सापकोटाले बोल्दै सन्चार क्षेत्रले खोज पत्रकारिता गरि सुचना सम्प्रेषणमा निष्पक्ष रुपमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो, सन्चारकर्मि तथा रेडियोको क्षमता अभिबृद्दी गर्नुपर्नेमा उहाको विशेष जोड थियो ।
त्यस्तै अर्का शेयर सदस्य भिमलाल सापकोटाले रेडियोको उत्तरोत्तर प्रगतिको कामना सहित रेडियोको क्षमता अभिवृद्दि गर्नुपर्नेमा जोड दिनुभएको थियो, रेडियो भवन निर्माण समितिका अध्यक्ष अग्निधर लोहनीले बोल्दै रेडियोको क्षमतामा जोड दिदै सबैले हाम्रो रेडियो हो भन्ने महशुस गराउन सक्नुपर्ने कुरामा उहाको जोड थियो।
कार्यक्रममा जग्गा दाता गोबिन्द सापकोटा र उहाका छोरा अर्जुन सापकोटाले रेडियोलाई निशुल्क जग्गा प्रदान गर्नुभएको भन्दै रेडियोले सम्मान समेत गरेको थियो त्यस्तै रेडियो भवन सम्म बाटो लैजानको लागि जग्गा प्रदान गर्नुहुने शारदा श्रेष्ठ प्रति पनि रेडियोले सम्मान भाव प्रकट गरेको थियो ।
कार्यक्रममा रेडियोका कर्मचारीहरुलाई प्रशंशा पत्र, रेडियोका शेयर सदस्यहरुलाई प्रमाण पत्र हस्तान्तरण,मुसिकोट नगरपालिका तथा नगरप्रमुख साथै वाडाध्यक्षहरुले रेडियोप्रति गरेको चासो र चिन्तनको उच्च मुल्यान्कन गर्दै प्रसंशापत्र समेत प्रदान गरिएको थियो ।
रेडियो संचालक समितिका उपाध्यक्ष भिमसेन केसीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको अध्यक्षता संचालक समितिका अध्यक्ष सुदर्शन शाक्यको रहेको थियो भने संचालन रेडियोका सचिव सरोजराज बौद्दाचार्यले गर्नुभएको थियो कार्यक्रमको सहजिकरण स्टेशन म्यानेजर प्रकाश घिमिरेले गर्नुभएको थियो ।