भुवन काफ्ले, मुसिकोट गुल्मी /नबखबर
नेपाली कांग्रेस मुसिकोट नगरपालिका वडा न २ कार्यसमितिले मुसिकोट २ मा शोक सभा समपन्न गरेको छ ।
नेपाल बिद्यार्थी संघ मुसिकोट नगर कार्य समितिकी सचिब जमुना कार्की कि ममतामयी माता नबकला कार्कीको निधन भएको नबौ दिनको पुण्य तिथि पारि कांग्रेसले सोक सभा गरेको हो ।
स्वर्गिय नबकला कार्की लाल बहादुर कार्की कि श्रीमती ,आविस्कार कार्की र जमुना कार्की कि आमा हुनुन्थ्यो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिब खिलध्वज पन्थी को प्रमुख आथित्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा जिल्ला कार्य समिति सचिब बिष्णु सापकोटा, आमन्त्रित सदस्य धर्मराज पाण्डे,ने बि संघ जिल्ला कार्य समिति का वा सभापति रामजी पन्थी, इस्मा गाउपालिका वाड न ;१ का वाड अध्यक्ष चुरा बहादुर खत्री, मुसिकोट नगर कार्य समितिका सचिब मोहन धिमिरे ,मुसिकोट छाया सरकार प्रमुख झविलाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
नगर कार्यसमिति सचिब मोहन घिमिरे.छाया सरकार प्रमुख झविलाल भण्डारी, इस्मा गापा वाड न १ का अध्यक्ष चू रा बहादुर खत्री ,नेबी जिल्ला कार्य समिति कावा सभापति रामजी पन्थी. आमन्त्रि सदस्य धर्मराज पाण्डे, जिल्ला कार्य समिति सचिब बिष्णु सापकोटाले कार्यक्रममा बोल्दै स्वर्गीय नबकला कार्कीलाइ आत्माको बैकुण्ठ बासको कामना गर्दै सोक मनात्य दिनुभएको थियो ।
प्रमुख अथिति सचिब पन्थी कार्यक्रममा बोल्दै परिबारका सबै सदस्यलाई सोकलाई सक्तिमा बदल्ने सक्ति भगवानले प्रदान गरुन भन्ने कामना गर्नु भएको थियो र साथै आगामी दिनमा नेपालि कांग्रेस शुख दुखमा हरपल परिबारको साथमा रहने कुरा उल्लेख गर्नुभएको थियो
परिवारलाई हौसला प्रदान होस् भन्ने सोचले कार्यक्रममा आर्थिक सहयोग समेत गरिएको थियो ।
सहयोग गर्ने हरुमा इस्मा गाउपालिका वडा न १ का वडा अध्यक्ष चूरा बहादुर खत्री बाट रु ५१००, मुसिकोट नगर कार्यसमिति सचिब मोहन घिमिरे बाट रु १०००,मुनापा वडा न २ चौर निबासी गीता पोखरेल बाट रु १००० सहयोग प्रदान गरिएको थियो ।
मुसिकोट वडा न २ का कार्ग्रेस पूर्व सभापति मुम बहादुर महत को सभापतित्वमा समपन्न भएको कार्यक्रमको सन्चाल मुसीकोट वडा न २ का सचिब श्रीराम पोखरेलले गर्नु भएको थियो ।