माघ १ र २ गते सार्वजनिक विदा

लुम्बिनी प्रदेशमा स्दरकराले माघ १ र २ गते दुई दिन सार्वजनिक विदा दिने भएको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७७/०१/१० मा गतेको निर्णय अनुसार मकर संक्रान्ति अबसरमा माघ १ र २ गते बिदा दिने भएको हो ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७७/०१/१० मा गतेको निर्णय अनुसार २०७७ सालका लागी लुम्बिनि प्रदेशमा थप सार्वजनिक तथा पर्व विदा सम्वन्धी सूचाना मिति २०७७ वैशाख १७ गतेको लुम्बिनी प्रदेशको राजपत्रमा प्रकाशित गरिएको थियो ।

सोही अनुसार माघि पर्व / माघे सक्रान्तीको अवसरमा २०७७माघ १ र २ गते प्रदेश भर सार्वजनिक विदा हुने
भएको छ ।

यो पनि पढ्नुहोस्
मुसिकोट नगरपालिका वडा नं ८ वामीमैदान स्थित शारदा बिधा मन्दिर मा वि लाई बिधालयका पुर्ब बिधार्थी तथा समाजसेवि ज्ञ्यानेस्वर काफ्लेले ९ रोपनी भन्दा वढी जग्गा निस्शुल्क प्रदान गर्नुभएको छ । साबिक वामी गा बि स ५ मा काफ्लेको नाममा रहेको कित्तानं ७४३को ९(०(३(२ क्षेत्रफल रहेको जग्गा जमिन विधालयलाइ उपलब्ध गराई काफ्ले बिधालयको बरिस्ठ जग्गादाता बन्नु भएको छ।

विगत लामो समय देखि सामाजिक सेवामा समर्पित काफ्ले लाई बिधालयको तर्फ बाट एक सम्मान कार्यक्रम आयोजना गरी बिशेष सम्मान गरियो । जग्गादाताको रूपमा ज्ञ्यानेस्वर काफ्ले र उहॉकी जिवन संगिनी हिरा काफ्ले लाई फुल, माला,अबिर र खादा ओढाई सम्मान प्रकट गरीएको थियो ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बोहोरा, प्रधानाध्यापक ज्ञ्यानहरी सापकोटा, वडा अध्यक्ष नारायण सापकोटा लगायतले काफ्ले दम्पती लाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा जग्गादाता काफ्लेले मन्तब्य राख्दै भन्नु भयो ‘मलाई क ख सिकाउने, आँखा देखाउने त्यही विद्यालय हो’, उहाँले भन्नुभयो, ‘त्यो विद्यालयको लागि केही गर्न सकिएन, जे गरेपनि तल मात्रै गरियो भन्ने लागेर जग्गा दान गर्ने निर्णय गरेँ।’

वामी बिस्व सम्पर्क मन्च मुल समितीका अध्यक्ष समेत रहनु भएका काफ्लेले बिधालयको लागि निकै धेरै जग्गा उपलब्ध गराई जग्गादाताको रूपमा रहनु निकै ठुलो प्रसंसनिय कार्य भएको बिधालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटाको भनाई रहेको छ।

यसै गरी सोही कार्यक्रममा वामी बिश्व सम्पर्क मन्चको तर्फ बाट मुसिकोट नगरपालिका वडा नं। ८ मा रहेका ६ ओटा बिधालयका १७ जना बिधार्थी हरूलाई ४० हजार बराबरको छात्रबृती बितरण गरिएको थियो।

शारदा बिधा मन्दिर मा वि का ३ जना बिधार्थी हरू लाई १२ हजार, मालारानी प्रा बि का ३ जना बिधार्थी लाई ६ हजार, शहिद सम्सेर प्रा बि का ३ जना बिधार्थी हरू लाई ६ हजार, देउराली प्रा बी का २ जना बिधार्थी हरू लाई ४ हजार, ठुलोखर्क प्रा बि का ३ जना बिधार्थी लाई ६ हजार र खड्क देबि प्रा बी का ३ जना लाई ६ हजार बितरण गरिएको हो।

छात्रवृति बितरण कार्यक्रममा संस्थाको तर्फ बाट सचिब रामचन्द्र सापकोटा, कोषाध्यक्ष महेस्वर घिमिरे, सदस्य लोकप्रसाद छन्तेलको उपस्थिति रहेको थियो।

वामी सेवा समिति जापानका महासचिब गोकुल खत्री, शारदा बिधा मन्दिर मा बि का बि ब्य स, शिक्षक अभिभाबक संघ, सल्लाहकार समितिका पदाधिकारीहरू समेतको कार्यक्रममा शहभागिता रहेको थियो।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर बोहोराको अध्यक्षता तथा शिक्षक भिमसेन केसीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय