बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा जिपले एकैपटक दुई वटा मोटरसाइकललाई ठ*क्कर दिँदा दुईजनाको मृ*त्यु भएको छ ।
भैरहवाबाट हुलाकी सडक हुँदै परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेका दुईवटा मोटरसाइकललाई ठ*क्कर दिँदा स्याङ्जा गल्याङ नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको मृ*त्यु भएको हो ।
अधिकारी लु ३७ प ६७९८ नम्बरको र चौधरी लु २१ प ७८११ नम्बरको मोटरसाइकलमा सवार थिए । जिपको ठ*क्करबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा छुट्टाछुट्टै अस्पतालमा मृ*त्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भिम अस्पताल भैरहवामा मृ*त्यु भएको हो ।
दु*र्घ,टनामा परी घा*इते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरीको उपचार भइरहेको प्रवक्ता थापाले बताए ।
यो पनि पढ्नुहोस
गुल्मी- जिल्लाको गुल्मीदरबार गाउँपालिकाले गाउँपालिका भित्रका ७ वटै वडामा पुगेर अपाङ्ग परिचयपत्र वितरण गरेको छ ।
गाउँपालिका भित्र रहेका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बन्चित हुन् नपरोस् भन्ने उद्देश्यले वडा स्तरबाटै ४१ जनालाई परिचयपत्र बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
जसमा महिला १५ जना र पुरुष २६ जना रहेको गाउँपालिकाले जनाएको छ । जसमा ‘क’ वर्गका महिला दूई जना र पुरुष एक गरी तीन जना छन् । ‘ख’ वर्गका महिला चार जना र पुरुष छ जना गरी १० जना छन् । ‘ग’ वर्गका महिला सात जना र पुरुष १४ जना गरी २१ जना छन् । ‘घ’ वर्गका महिला तीन जना र पुरुष चार जना महिला गरी सात जना छन् । योसँगै गाउँपालिकामा अपाङ्ग परिचयपत्र लिनेको संख्या २८३ जना रहेको पाण्डेले जानकारी दिए ।
परिचयपत्र वितरणको लागि सञ्चालन गरिएको घुम्ती शिविरमा गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा, उपाध्यक्ष मिना भण्डारी, मेडिकल अधिकृत डा। आषुस रिजाल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्याल लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।