वामी सेरामा सम्भाव्यता अध्ययनको लागि समिती गठन

विष्णु प्रसाद आचार्य/ मुसिकोट गुल्मी / नबखबर

गुल्मिको मुसिकोट नगरपालिका ७ वामी सेरास्थित जनज्योती प्राथमिक विद्यालयमा यु.डब्ल्यु.एस को कार्यक्रमको लागि सन्भाब्यता अध्ययन समिती गठन गरिएको छ ।

विपन्न परिवारका विद्यार्थीले पढ्ने विद्यालय तथा दलित, जनजातिहरुको बाहुल्यता भएको विद्यालयमा यु.डब्ल्यु.एस.ले सहयोग गर्ने भएकोले , यसको व्यवस्थापन तथा सन्चालनका विविध क्षेत्रहरुको लागि सम्भाब्यता अध्ययनको गर्न भन्दै एक समिती गठन गरिएको छ ।

मुसिकोट नगरपालिकाको वामी सेरामा अवस्थित उक्त विद्यालयमा अधिकाम्स जनजाती विद्यार्थीहरुको वाहुल्यता रहेको र विपन्न परिवारका विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालय भएकोले उक्त विद्यालयलाइ सहयोगि सस्था यु डब्ल्यु एसको मापदण्डअनुसार व्यवस्थापन गर्न सकिन्छ कि भनेर सम्भाब्यता अध्ययनको लागि समिती गठन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम खरेलले नबखबरलाइ जानकारी दिनुभयो ।

सम्भाब्यता अध्ययन समिती गठन गर्नको लागि बोलाइएको सरोकारवालाहरुको भेलालाई सम्बोधन गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले यस सस्थाले गुल्मिका अन्य ठाउमा आफ्नो मापदण्डअनुसार विद्यालय व्यवस्थापन गरेर कार्यक्रम सन्चालन तथा सहयोग गर्दै आइरहेको र थप ठाउमा सहयोग गर्ने कुरा रहेकोले त्यस विद्यालयमा पनि मापदण्ड पुराउन सकियो भने उक्त सस्थाले सहयोग गर्ने र विद्यालय तथा समुदायलाइ सहयोग पुग्ने भएकोले सम्भाब्यता अध्ययन गर्न लागिएको बताउनुभयो, साथै नगरपालिकाले खेल्नुपर्ने भुमिका आफुले पूरा गर्ने प्रत्तिवद्द्ता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रुमुक प्रशासकीय अधिकृत खिमानन्द भुषाल, नेपाली काङ्ग्रेस गुल्मी जिल्ला सचिव विष्णु सापकोटा , वडा नम्बर ७ का वडासदस्य लक्ष्मण प्रसाद खराल लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

रिडि रुद्रवेणी सडकखण्डको वामी सेरामा वामी वडागाउ जोड्ने पुल बन्न लागेको ठाउको आसपासमा आवश्यक जग्गा व्यवस्थापन तथा अन्य मापदण्डअनुसारको व्यवस्थापन गर्न सकिन्छ अथवा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर सम्भाब्यता अध्ययनको लागि विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष डिलाराम खरेलको अध्यक्षतामा एक समिति समेत गठन गरिएको छ ।

गठित समितिको उपाध्यक्षमा जनक बहादुर थापा, सचिव तोयनाथ खराल,सह सचिव प्रधानाध्यापक सुमित्रा भण्डारी , कोषाध्यक्ष कमल प्रसाद खराल,लगायत १३ सदस्यिय समिती बनाइएको र पौष मसान्तसम्म समितिले सम्भाब्यता अध्ययन गरेर प्रतिवेदन बुझाउने बताइएको छ ।

यो पनि पढ्नुहोस्
पैसा आयो कि भन्दै हरेक दुई दिनमा बैङ्कको चक्कर लगाउँसर्लाही । धनकौल गाउँपालिका, छोटौलका किसान रामानन्द राय यादव दुई/तीन दिन बिराएर बैङ्कमा पुग्ने गर्दछन् । आर्थिक कारोबारका लागि होइन, उनी अन्नपूर्ण सुगर मिलका तर्फबाट पाउनुपर्ने उखुको भुक्तानी आफ्नो बैङ्क खातामा आयो कि भनेर बुझ्न सातामै दुई÷तीन पटक बैङ्क पुग्ने गरेका हुन् ।

गत साता सरकार र उखु किसानबीच भएको चार बुँदे सहमतिअनुसार २१ दिनभित्र चिनी उद्योगले किसानको बक्यौता रकम भुक्तानी गर्ने सहमति भएसँगै उनी बैङ्कमा धाउन थालेका हुन् । भन्छन्– कर्जा तिर्नुछ, बैङ्कमा पैसा आउनेबित्तिकै त्यो निकालेर ऋण तिरिदिन पाए आनन्दले बस्न पाइन्थ्यो ।

रामानन्दमात्र होइन, छोटौलका करिब ८० किसानले अन्नपूर्ण सुगर मिलबाट चार वर्ष अघिकै उखुको भुक्तानी पाउन बाँकी छ ।

धिरजा राय यादव, महेन्द्र राय यादव, मेघु राय यादव, रामशंकर राय यादव, नागेन्द्र राय यादव, हृदय नारायण राय यादव, रामनरेन्द्र राय यादव, लालबाबु राय यादव प्रतिनिधिपात्र मात्र हुन् ।

उनीहरुजस्ता कयौं किसानले उक्त चिनी मिलबाट २०७४ साल कै उखुको भुक्तानी पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय