कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो।

बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ। कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमबारे १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो।

यो पनि पढ्नुहोस्
राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार सर्वोच्चमा संसद् विघटन गर्नुको कारण पेश गर्ने भएको छ्।संसद् विघटन किन गरेको भनी सर्वोच्च अदालतले मागेको जवाफ आइतबार सर्वोच्चमा पेश गरिने भएको हो ।।

पुस १० मा सर्वोच्च अदालतले संसद् विघटनबारे कारण पेश गर्न आदेश दिएको थियो। आइतबार जवाफ पेश गर्ने अन्तिम दिन हो। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जवाफ पेश गर्नका लागि तयारी भइरहेको जानकारी दिए।

यी सबै जवाफ महान्यायधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा पेश गरिने छ। महान्यायधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले अहिलेसम्म सम्बन्धित कार्यालयबाट जवाफ आइनसकेको जानकारी दिए। उनले दिउँसोसम्म सर्वोच्चमा जवाफ पेश गरिने बताए।

सर्वोच्चमा जावाफ पेश भइसकेपछि पुस २२ बाट यो विषयमा सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय