दीनदुखीहरुको साथमा कालीगण्डकी गाउँपालिका

गुल्मी -दीनदुखीहरुको साथमा स्थानीय सरकार रहेको कालीगण्डकी गाउँपालिका गुल्मीले जनाएको छ ।

बुधबार साँझ कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनीको भएकोटमा आगलागीका कारण बिष्णुबहादुर रानाको र केयरसिंह रानाको घर गोठ पुर्ण रुपमा क्षती भएकाहरुलाई राहत लिएर पुगेको गाउँपालिकाको टोलीले यस्तो बताएको हो ।

उनीहरुलाई आवश्यक खाद्यन्न लिएर गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा , उपाध्यक्ष तारा थपा , वडा अध्यक्ष देबिप्रसाद न्यौपाने , नेकपाका गाउँपालिका अध्यक्ष रामजी ढकाल र राजमोका नेता रामकुमा क्षत्रीले पीडितहरुको घरमै पुगेर राहत स्वरुप खाद्यन्न हस्तान्तरण गरेको हो ।
उनीहरुको आवास निर्माणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष थापाले बताएका छन् । क्षतीको एकिन बिबरणको संकलन कार्य भइरहेको छ । आगलागकिो कारण खुल्न नसकेको स्थानीयहरुले बताएका छन् । (खबर मार्केटबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय