काठमाडौं । ललितपुरको इमाडोलमा ९ वर्षीय बालिकालाई बला,त्कार गरेको अभियोगमा एकजना प,क्राउ परेका छन् । पक्राउ पर्नेमा इमाडोलको बोजे पोखरीमा डेरा गरी बस्ने ४२ वर्षका हर्कबहादुर विक छन् ।
उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले अनलाइनखबरलाई बताए ।
उनका अनुसार बालिकालाई ५ सय रुपैयाँ दिएर प्रलोभनमा पारी करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो । त्यसको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको हो ।
छिमेकमा बस्ने बालिकालाई विगत पनि विकले पटकपटक बोलाउने र चकलेट दिने गरेको पाइएको प्रहरीको भनाइ छ । तर, पछिल्लो पटक मात्रै करणीको गरेको पाइएको अधिकृतहरु बताउँछन् ।
बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गरिएको छ । रिपोर्ट आउन बाँकी छ । विकविरुद्ध भने करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिन म्याद थप भइसकेको छ ।
यो पनि पढ्नुहोस्
काठमाडौं । सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् ।
नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।
अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको पनि उनले बताए ।हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । मैले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको छु र म अदालतमा पनि त्यहीअनुसारको प्रतिउत्तर दिँदै छु,’ सभामुख सापकोटाले भने ।
संविधानको रक्षा तथा देश र जनताको अधिकतम हितमा सधैं समर्पित हुने पनि उनले बताए । सापकोटाले भने, ‘अहिले सभामुखको जिम्मेवारीको हिसाबले मेरो भूमिका के हुन्छ, संविधानको रक्षाका लागि, समग्र परिस्थितिमा मैले कसरी भूमिका खेल्न सक्छु, जनताको अधिकतम हितका लागि के भूमिका खेल्नुपर्छ भनेर मैले राष्ट्रका सम्बद्ध पक्षसँग वृहत, व्यापक परामर्श राय सल्लाह सुझाव लिइरहेको छु ।’