मुसिकोट गुल्मी,
“युवा एकता, समाज रूपान्तरण र समृद् मुसिकोट: हाम्रो अभियान” भन्ने मूल नाराका साथ मुसिकोट युवा क्लबको आयोजनामा ‘मुसिकोट कृषि, औद्योगिक, पर्यटन, खेलकुद, व्यापार तथा सांस्कृतिक दशैँ मेला-२०८३’सोमबारबाट भव्य रूपमा सुरु भएको छ।
मेलाको समुद्घाटन समारोहअघि ऐतिहासिक मुसिकोट दरबारबाट सुरु भएको कलश यात्रा मेला स्थल मुसिकोट नगरपालिका-३ स्थित थुम लालीगुराँस पार्कसम्म पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले बोल्दै दशैँ मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभयो। नगरप्रमुखले मेलाले स्थानीय कृषि, पर्यटन, खेलकुद तथा व्यापारको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउँदै नगरपालिकाका तर्फबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष आनन्द श्रेष्ठ, वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रामबहादुर महत, वडा नम्बर ३ का वडाध्यक्ष शंकरबहादुर रायमाझी र वडा नम्बर ४ का वडाध्यक्ष जुक्तबहादुर छन्तेल,मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नारायण प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा युवा समाजसेवी व्यक्तित्व सुभाष जिसी,स्थानिय समाजसेवी शैक्षिक व्यक्तित्व पृथ्वी बहादुर थापा,वडानम्बर ३ का वडासदस्य थम्मन जिसी, वडा नम्बर १ का वडाध्यक्ष आनन्द श्रेष्ठ, गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीकृष्ण खरेल, वडा नम्बर ३ का पूर्व वडाध्यक्ष कर्णध्वज जिसी तथा वडा नम्बर ७ का पूर्व वडाध्यक्ष प्रकाश काफ्लेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
मुसिकोट नगरपालिका संरक्षक रहेको उक्त मेला असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म सञ्चालन हुनेछ। प्रत्येक दिन राष्ट्रिय कलाकारको प्रस्तुती साथसाथै भलिवल,गायन ,नृत्य,सराय नाच लागायतका कार्यक्रम हुनेछन ।
उद्घाटन सत्रको कार्यक्रममा सरिता पौडेलको स्वागत मन्तव्य,बडागाउँ ज्ञानकुञ्ज इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुको स्वागत नृत्य,गायक कमल बरालको साङ्गितिक प्रस्तुती रहेको कार्यक्रममा क्लबका अध्यक्ष वसन्त अधिकारीको अध्यक्षता तथा महासचिव विष्णुप्रसाद आचार्यको सञ्चालनमा पहिलो दिन सम्पन्न भएको थियो।


