मुसिकोट गुल्मी,
गुल्मीको मुसिकोट नगरपालिकामा आठौँ नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।
नगरपालिकाको वडानम्बर ४ ग्वादिकाचौर खेल मैदानमा सुरु भएको कार्यक्रमको उद्घाटन नगरप्रमुख जिवलाल खरेल जीवनले गर्नुभएको हो ।
शुक्रबारबाट सुरु भएको कार्यक्रम आइतवार समापन गरिने कार्यतालिका नगर खेलकुद विकास समितिले प्रकाशन गरेको छ ।
तालिकाअनुसार शुक्रबार उद्घाटन समारोह, मार्चपास, छात्रछात्रा रिले, छात्रा भलिबल, छात्र भलिबल, सटपुट छात्रछात्रा , ज्याभलिङ्ग थ्रो छात्रछात्रा कार्यक्रम सम्पन्न भएको नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।
जस अन्तरगत मार्चपासमा मालिका इङ्ग्लिश बोर्डिङ्ग स्कुल वामीटक्सार प्रथम, युनिक चिल्ड्रेन एकेडेमी भुवाचिदी द्वितीय र पृथ्वी मावि बडागाउँ तृतीय भएका छन । रिले दौड छत्रातर्फ महेन्द्र आदर्श नमुना मावि प्रथम, त्रिभुवन मावि भुवाचिदी द्वितिय, नेपाल राष्ट्रिय सर्वोदय मावि पौदि अमराइ तृतिय भएका छन ।
रिले दौड छात्रतर्फ त्रिभुवन मावि भुवाचिदी प्रथम, नेपाल राष्ट्रिय मावि इन्द्रेगौडा द्वितिय, नेपाल राष्ट्रिय सर्वोदय मावि पौदी अमराई तृतीय भएका छन ।
शनिबार सम्पन्न ८ सय मिटर छात्रतर्फ दौडमा जनजागृति मावि मुसिकोट ३ बडागाउँ प्रथम, त्रिभुवन मावि भुवाचिदी द्वितिय, महेन्द्र आदर्श नमुना मावि तृतिय भएका छन । ८ सय मिटर छात्रातर्फ दौडमा पृथ्वी मावि प्रथम, ने रा सर्वोदय मावि द्वितिय, त्रिभुवन मावि तृतिय भएका छन ।
ज्याभलिङ्ग थ्रो छात्रतर्फ त्रिभुवन मावि प्रथम, पृथ्वी मावि द्वितिय र महेन्द्र आदर्श नमुना मावि तृतिय भएका छन । ज्याभलिङ्ग थ्रो छात्रातर्फ त्रिभुवन मावि प्रथम र द्वितिय भएका छन भने पृथ्वी मावि तृतिय भएको छ ।
३ हजार मिटर दौड छत्रतर्फ प्रथम र द्वितिय त्रिभुवन मावि भएको छ भने तृतिय नेपाल राष्ट्रिय मावि तृतिय भएको छ । ३ हजार मिटर दौड छात्रातर्फ त्रिभुवन मावि प्रथम र ने रा सर्वोदय मावि पौदि अमराई द्वितिय भएको छ ।
त्यस्तै आज भएका भएका अन्य कार्यक्रमको नतिजा प्रकाशन गर्ने तयारीमा जुटेको खेलकुद समितिले जनाएको छ ।
अन्तिम दिन आइतवार तेक्वान्दो, कराते, छात्रछात्रा कबड्डी फाइनल, पुरस्कार वितरणसङ्गै समापन हुने बताइएको छ ।


