क्यान्सर पीडित नन्दकलीलाई होटल व्ययवसायी मंच मुसिकोटको आर्थिक सहयोग

मुसिकोट ।  मुसिकोट नगरपालिका वडा नं ८ वामी मैदानकी क्यान्सर रोगबाट ग्रसित नन्दकली (पुतली) खत्रीलाई मुसिकोट नगरपालिका भित्र रहेका होटल ब्यबासायीहरुले आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तरण गरेका छन् ।

होटल व्यवसायी मंच मुसिकोटका अध्यक्ष बिबेक काफ्लेले दिएको जानकारी अनुसार क्यान्सर रोगबाट ग्रसित नन्दकली होटल व्यवसायी मंच मुसिकोटका सदस्य तथा अनुभवी व्यवसायी मित्र बहादुर खत्रीकी धर्मपत्नी हुनुहुन्छ । उहाँ बिगत केही महिनादेखी भरतपुर स्थित BP Koirala Memorial क्यान्सर अस्पतालमा उपचाररत रहेकाले उहाँको उपचारमा राहत मिलोस भन्ने उदेश्यका साथ होटल ब्यबसायी मंच मुसिकोट र मंचमा आबद्ध होटल ब्यबसायीहरुले नगद रु १२,०५५/- आर्थिक सहयोग आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

जसमा होटल ब्यबसायी मंच मुसिकोटको तर्फबाट रू.५०००/-, सफल होटल ब्यबसायी खीम बहादुर राना सेकुवा कर्नरबाट -रू.२०००/-
अनूप पाण्डे होटल दरबारबाट -रू.१०५५/-, रामचन्द्र सापकोटा सन्देश होटलबाट-रू.१०००/-, मदुस क्याफे क्लकबाट -रू.५००/-, फूलप्रसाद सापकोटा आगमन होटलबाट-रू.५००/-, ईमान बुड़ाथोकी रोयल तन्दूरी होटलबाट -रू.५००/-,अशोक सापकोटा(सापकोटा तन्दूरीबाट -रू.५००/-, झविन्द्र पाण्डे वर्षा होटलबाट-रू.५००/-,मिलन श्रेष्ठ मिलन होटलबाट -रू.५००/- आर्थिक सहयोग उपलब्ध भएको मंचका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेले क्यान्सर रोगबाट ग्रसित नन्दकली खत्रीको शीघ्र स्वस्थ्य लाभको कामना गर्दै सम्पूर्ण सहयोगी व्ययवसायीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय