पोखरामा ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान दुर्घटनाग्रस्त

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय