मुसिकोट । लक्ष्मी नारायण महिला कृषि सहकारी सस्था लिमिटेडको १० औ बार्षिक साधरण सभा सम्पन्न भएको छ ।
सहकारीले सोमबार मुसिकोट नगरपालिका वडा नम्वर ७ पल्टार जिपपार्क एक औपचारिक कार्यक्रमका बिच १० औ बार्षिक साधरण सभा तथा नयाँ सञ्चालक समिति गठन गरेको हो ।
सहकारीको उक्त साधारण सभा कार्यक्रममा मुसिकोट नगरपालिका नगर प्रमुख जिवन खरेलको प्रमुख आतिथ्यता रहेको थियो भने नगर उपप्रमुख गंगा श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य साबित्रा भण्डारी पाण्डे, मुसिकोट ७ का वडा अध्यक्ष हरिहर सापकोटा,मुसिकोट ८ का वडा अध्यक्ष रमेस रशौली , पुर्ब वडा अध्यक्ष नारायण सापकोटा, साना किसान सहकारिका अध्यक्ष हरि छन्तेल, खेलकुद बिकास समिति मुसिकोटका अध्यक्ष सन्दिप खत्री लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारीको अध्यक्ष यमुना घिमिरेले सहकारिले बिगतका केहि बर्षदेखि नमुना आलु खेती, मकै प्रदर्शन लगायतका बिभिन्न कामहरु गर्दै आएको र आगामि दिनमा पनि यो क्रमलाइ निरन्तरता दिने कुरा बताउनुभयो । त्यस्तै लेखा संयोजक सरस्वति श्रेष्ठले सहकारिको आर्थिक प्रगति प्रस्तुत गर्नूभयो ।
सहकारीको साधारण सभामा शुभकामना मन्तब्य राख्दै जिल्ला समन्वय समिति सदस्य भण्डारीले सहकारीले आजसम्म गरेका कामहरुको प्रशंसा गर्दे आगामि दिनमा पनि उदाहरणिय काम गर्न शुभकामना दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका वडा नं ८ का पुर्ब वडा अध्यक्ष नारायाण सापकोटाले प्रति ब्याक्ति १० रुपैया बचतबाट सुरु भएको सहकारिले आज सहकारिहरुमा उदाहरणीय काम गर्न सफल भएको बताउदै अझ राम्रो काम गरी सस्थाको कार्य क्षेत्र बिस्तार गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा जेष्ठ सेयर सदस्य सम्मान, र जिल्ला समन्वय समिति सदस्य एबम सहकारीकी शेयर सदस्य समेत रहनूभएकी साबित्रा पाण्डे भण्डारी, ब्बसायिक महिला उधमी र सफल तथा अनुसासित दुई कृषक समुहलाई समेत सम्मान गरिएको थियो ।
सहकारीकि अध्यक्ष यमुना घिमिरेको अध्यक्षता रहेको औपचारिक कार्यक्रमको सञ्चालन कोषाध्यक्ष कमला खरेलले गर्नुभएको थियो ।
यसका साथै सहकारीको नयाँ सञ्चालक समिति समेत गठन भएको छ , जसमा यमुना घिमिरे अध्यक्ष, उपाध्यक्ष निर्मला सापकोट , सचिब कमला खरेल, सहसचिब लक्ष्मी बिक, कोषाध्यक्ष कोपिला सापकोटा सहित ११ जना रहुनुभएको छ । त्यस्तै लेखा समितिमा सरस्वति श्रेष्ठ सम्योजकत्वमा ३ सदस्य उपसमिति ऋष संयोजक माया खराल र शिक्षा सम्योजकमा लिलादेबि खरेल चयन हुनुभएको छ ।