गोरखा २ मा आफ्नो सात हजार मत नभएका बाबुराम सबै दलको साझा उम्मेदवार बन्ने

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष छन् । गत स्थानीय तहको निर्वाचनमा उनी जसपामा हुँदा सो पार्टीका उम्मेदवारले गोरखा २ मा जम्मा सात हजार मत प्राप्त गरेका थिए ।

तर, बाबुराम जसपाबाट अलग भए । अब गोरखामा बाबुरामको पार्टीको मत कति छ भन्ने एकिन छैन । किनभने नयाँ पार्टी भएकाले उनी स्वतन्त्र उम्मेदवार जस्तै हुन् । आफ्नो पार्टीको मत नभएपछि बाबुरामले नयाँ आइडिया निकाले, माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर उठ्ने । त्यसका लागि उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकहाँ रोइकराई गर्न पुगे ।

त्यसपछि माओवादी बैठकले बाबुरामको पार्टीलाई हँसिया हथौडा चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको थियो । माओवादीको चुनाव चिन्ह पाएपछि अहिले बाबुराममाथि अर्को भूत सवार भएको छ गोरखा २ बाट सबै दलको साझा उम्मेदवार बन्ने । जबकि गोरखा २ मा अन्य दलको मत निकै छ । शनिबार गोरखा पुगेर उनले आफू सबै दलको साझा उम्मेदवार बन्न चाहेको बताए ।

आगामी निर्वाचनमा सबै दलको साझा उम्मेदवारको रूपमा निर्वाचनमा उठ्ने बताउँदै उनले भने, ‘मेरो कुनै दल विशेषको नेता तथा उम्मेदवारीको रूपमा भन्दा पनि गोरखाकै विशेषताले हेर्दा मचाहिँ अब आफूलाई एउटा साझा रूपमा प्रस्तुत गरेर जानु नै उपयुक्त हुन्छ।

म यसपटक सबै प्रमुख दलहरूको साझा उम्मेदवारकै रूपमा अगाडि बढ्न चाहिरहेको छु।’ नेपाली कांग्रेस, माआवादी केन्द्रका साथसाथै यसबाहेकका अन्य राजनीतिक दलहरूले पनि एकपटक सबैको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नसमेत उनले सबैलाई आग्रह गरे।

जबकि गोरखा २ मा सबैभन्दा धेरै मत माओवादी, त्यसपछि कांग्रेस र एमालेको छ । तर मत नै नभएका बाबुराम चाहिँ सबै दलको साझा उम्मेदवार बन्ने खबरले सबै आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय