केपी ओली फकाउँदै चोलेन्द्रशमशेर

काठमाडौं । प्रतिनिधिसभामा पाँचदलीय गठबन्धनको सामान्य बहुमत छ । एक वर्षअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक सय ६५ मतसहित प्रधानमन्त्रीमा चयन भएका थिए । प्रतिनिधिसभामा विश्वासको मत लिँदा उनको पक्षमा एक सय ६५ मत परेको थियो । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो छन् । तर देउवालाई लोसपाले पनि मत दिएको थियो ।

तर, वर्तमान सरकारसँग दुई तिहाइ बहुमत छैन । त्यसैले दुई तिहाइ बहुमत जुटाउन एमालेको अनिवार्य साथ चाहिन्छ । एमालेले साथ दिएन भने संसदमा दुई तिहाइ पुग्दैन । अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाइएको छ । जबरासँग बयान लिने क्रम जारी छ । दुई दिनमा जम्मा ६ वटा प्रश्न सोधिएको छ । यही हिसाबले एक साता समय लाग्ने देखिन्छ ।

धबार र बिहीबारको बैठकमा जबराले आफूलाई लागेको विषय र सबैको पोल खोलिरहेका छन् । उनले संयम देखाएका छैनन् । माधव नेपालदेखि नेपाल बारका पूर्वपदाधिकारी, सर्वोच्च बारका अध्यक्षदेखि वरिष्ठ अधिवक्तासम्मको उनले उछितो काढिरहेका छन् । तर, उनले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् । उनले ओलीलाई दूरदर्शी र भिजन भएका नेता भनेका छन् ।

जबराले ओलीलाई फकाउनुको मुख्य कारण महाअभियोग पास गर्नेबेला एमालेले विपक्षमा मत हालिदियोस् भन्ने भित्री चाहना हो । त्यही भएर अहिले उनी ओली फकाउने अभियाजनमा लागेका छन् । – मिडिया डबलीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय