राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुन बहुमतले जस्ताको त्यस्तै पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले उक्त विधेयक बहुमतले पारित भएको हो । उक्त विधेयक यसअघि प्रतिनिधि सभाबाट पनि बहुमतले पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएलगत्तै राष्ट्रिय सभामा पेस भएको थियो ।

राष्ट्रियसभाले उक्त विधेयकलाई छलफल गर्नका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पेस भएको थियो । समितिमा दुई दिन छलफल गरेर उक्त विधेयक जस्ताको त्यस्तै पारित भएर बैठकमा पेस भएको थियो ।

यो पनि पढ्नुहोस् काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो । यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ ।

यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ३० हजार १ सय ७ जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ६५ हजार २ सय ८४ रहेको छ । परीक्षा वोर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका संख्या १० हजार ९ सय र १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ३५ मात्रै छ ।

कुनै पनि ग्रेड नल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै १ लाख ८८ हजार ४ सय १० जना रहेका छन् । यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।

गत जेठ १५-२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ । बोर्डका अनुसार नियमिततर्फ ३८ जना, ग्रेडवृद्धितर्फ ३ जना र आंशिकतर्फ २ जना गरेर ४३ जनाको परीक्षा स्थगित गरिएको छ । आंशिकतर्फ ३ हजार एक सय ३२ जना परीक्षार्थी सहभागि भएकोमा ४१ प्रतिशत अर्थात १ हजार २ सय ८८ जना परीक्षार्थी उर्तिण भएका छन् ।

१ लाख ८८ हजार ४१० जना परीक्षार्थीहरुले नन ग्रेडेड ल्याएका छन् । तीमध्ये १ लाख ३० हजार ७७८ जनाले ग्रेड प्रोमोशन परीक्षा दिन पाउँछन् । बाँकी ५७ हजार ६ सय ३२ जनाले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ । ग्रेड अभिवृद्धि परीक्षा असोज ३० र ३१ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय