लगानि कर्ताहरुका लागि आयो फेरि अर्को खुसिको खबर ?

काठमाडौं – नेपालमा धेरै कम्पनीहरु आइपीओमा आकर्षित भइरहेका छन् यसै । धितोपत्र बोर्डको आइपीओ निष्कासन गर्नेको सूचीमा अहिले पनि २ दर्जन हाराहारी कम्पनीहरु पाइपलाइनमा रहेका छन् ।

यो सूचीमा अर्को एक कम्पनी पनि थपिएको छ । दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति मागेको हो ।

कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीले दैलेखमा ४.५ मेगावाटको पदम खोला स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गर्दैछ ।

यो पनि पढ्नुहोस् – काठमाडौंं – सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको मूल्य बढेको छ ।

डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो । यो पटक पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय