गठबन्धनको बाँडफाँट- कांग्रेस ८६ सीटमा रोकिने संकेत, माओवादीलाई कति ?

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस १६५ मध्ये ८९ सीट अन्य सहयात्रीलाई छाडेर ८६ निर्वाचन क्षेत्रमा चुनाव लड्न तयार भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले कार्यदलमा रहेका नेताहरुलाई सोहीअनुसार अघि बढ्न संकेत गरेका छन् ।

कार्यदलमा रहेका एक कांग्रेस नेताका अनुसार एक सय सीट दाबी गर्ने, ९०लाई बटमलाइन बनाउने र अन्तिममा ८६/८७ सीटमा सहमति जनाउने सम्भावना छ । माओवादी नेताहरुले भने कांग्रेसलाई ८० सीटमा रोक्न खोजेका छन् ।

कार्यदलसहित शीर्ष नेताहरुको बैठक बिहीबार साँझसम्म पनि चलिहेको छ । कांग्रेस ८६ सीटसम्म सहमत भयो भने माओवादी केन्द्रले बाबुराम भट्टराई र बामदेव गौतमसहित ४५ देखि ४७ सीटसम्म पाउने सम्भावना रहेको छ । यद्यपी यो टुंगो लागिसकेको छैन ।

माओवादीले ६० सीट दाबी गर्ने, ५० लाई बटमलाइन बनाएर अन्तिममा ४५ मा सहमति जनाउने देखिएको छ । त्यस्तै, ४० सीट दाबी गरेको नेकपा एसले बढीमा १५ देखि १८ सीट पाउने सम्भावना छ । तर नेकपा एसका नेताहरुले २० सीटभन्दा तल नजाने अडान लिएका छन् ।

जसपाले १२ सीटलाई बटमलाइन बनाएको छ भने २ सीट दावी गरेको राष्ट्रिय जनमोर्चाले १ सीट पाउनेछ । कांग्रेसले लोसपालाई पनि गठबन्धनमा सामेल गर्न खोजेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय